हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - सुनचाँदीको भाउ आज बढेको छ ।
सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर सुन तोलाको ९५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुन तोलामा एक हजार रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो । यस्तै आज चाँदी तोलामा १५ रुपैयाँ बढेको छ ।
चाँदी आज तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच भाउ महँगो भएर कारोबार फाट्टफुट्ट मात्रै भएपछि नेपालमा सुन आयात घटेको छ । यसअघि दैनिक १० किलोका दरले महिनामा विभिन्न बैंकले ३ सय किलोसम्म सुन आयात गर्ने गरेका महासंघले जनाएको छ ।
तर नयाँ आर्थिक वर्ष सुरु भएपछिको तीन महिनामा एक सय किलो मात्र सुन आयात भएको छ । भाउ बढेर कारोबार ठप्प जस्तै भएको भन्दै व्यवसायी निराश भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।