हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कोरोना सङ्क्रमितको उपचार खर्च र धरौटी रकम तोकेको छ ।
नेपालमा कोरोना सङ्क्रमितको उपचार गर्ने यो पहिलो अस्पतालले पनि कोरोना सङ्क्रमितको उपचार खर्च र धरौटी रकम तोकेको हो ।
अस्पतालले एक सूचना निकालेर जटिल अवस्थाको बिरामीका लागि भेन्टिलेटरसहित आईसीयूमा दैनिक १५ हजार शुल्क लाग्ने जानकारी दिएको हो । जसअनुसार भर्ना हुनका लागि मात्रै ५० हजार धरौटी रकम तोकिएको छ । यस्तै भेन्टिलेटरबिना आईसीयूमा राखेको र क्याबिन आइसोलेशनमा राखेको दैनिक ७ हजार ५ सय शुल्क लाग्नेछ । यसका लागि बिरामीले भर्ना हुन ३० हजार धरौटी राख्नुपर्ने छ ।
मध्यम जटिल अवस्थाका सङ्क्रमित बिरामीलाई ग्यास्ट्रो आइसोलेशनमा राखेको दैनिक ३५ सयका दरले शुल्क लाग्ने सूचनामा उल्लेख छ । यसमा भर्ना हुन २० हजार धरौटी तोकिएको छ । तर उपचारमा संलग्न चिकित्सकले बिरामीको आर्थिक अवस्था, औचित्य र आवश्यकताका आधारमा उपचार शुल्कमा १० देखि शतप्रतिशत छुट दिन सक्नेछन् ।
तर त्यसको लागि बिरामीको गरिब परिचयपत्र वा सम्बन्धित पालिकाको सिफारिस पत्र, ७० वर्ष उमेर नाघेको नागरिकताको प्रमाणपत्र, अति अपाङ्गगताकाे परिचयपत्र, अशक्तताको प्रमाणपत्र र एकल महिलाको प्रमाणपत्र पेस गर्नुपर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।