हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पाैडेलले पार्टीमा गम्भीर सङ्कट उत्पन्न भएकाे बताउनुभएकाे छ ।
आइतबार सामाजिक सञ्जाल ट्विटरमा उहाँले नेकपाकाे एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर सङ्कट उत्पन्न भएकाे बताउनुभएकाे हाे । उहाँले ट्वीटमा भन्नुभएकाे छ, 'आपसी अन्तर्विरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताकाे रक्षाका लागि याेगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समझ अनुराेध गर्दछु ।'
— Bishnu Prasad Paudel (@bpaudel1959) November 1, 2020
केही दिनयता नेकपाभित्र कर्णाली विवाद, राजदूत नियुक्तिलगायतका विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एकलाैटी निर्णय गरेकाे भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउँदै आउनुभएकाे छ ।
दुई अध्यक्षबीच दुरी बढ्दै गएपछि विभिन्न नेताहरुलाई दूत बनाएर छलफल अघि बढाउने काम भइरहेकाे छ । यसैबीच शनिबार दुई अध्यक्षबीच झण्डै दुई हप्तापछि भेट भए पनि सकारात्मक नभएकाे बताइएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।