हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आइतबार झण्डै पाँच अङ्कले घटेको छ ।
नेप्से चार दशमलव ७२ अङ्कले घटेर १६ सय ४० दशमलव ९५ विन्दुमा झरेको छ । बैंक, होटल, विकास बैंक, फाइनान्स, उत्पादन, जीवन बीमा र म्युचल फण्ड समूहको शेयर घटेको छ ।
व्यापार, जलविद्युत्, निर्जीवन बीमा, अन्य र माइक्रो फाइनान्स समूहको शेयर भने सामान्य बढेको छ । आइतबार एक सय ९६ कम्पनीका एक करोड ६ लाख २६ हजार कित्ता शेयर दुई अर्ब ९३ करोड नाै लाख रुपैयाँमा किनबेच भएका छन् ।
सबैभन्दा धेरै शिवश्री हाइड्रोपावर कम्पनीको २३ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइतबार नेपाल फाइनान्स, विशाल बजार कम्पनी र हिमालय ऊर्जा विकास कम्पनीका लगानीकर्ताले दश प्रतिशतका दरले कमाएका छन् ।
सानिमा इक्विटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै पाँच दशमलव ३० प्रतिशत गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।