कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा आज हल्का पानी पर्ने

 कात्तिक १७, २०७७ सोमबार ७:१९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा आज हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी पार्ने कुनै प्रणाली नभए पनि स्थानीय वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार वाग्मती र प्रदेश २ बाहेकका अरु ठाउँमा आज दिनभर नै बादल लाग्ने सम्भावना छ ।

घाम लागिहाले पनि फेरि एकैछिनमा बादल लाग्ने भएकाले यी ठाउँमा आज अधिकतम तापक्रम पनि घट्न सक्ने अनुमान छ ।  वाग्मती र प्रदेश २ को मौसम भने सामान्यतया सफा नै रहनेछ । न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले केही दिनदेखि चिसो बढ्न थालेको छ । आज बिहान काठमाण्डौको तापक्रम १३ डिग्री सेल्सियस मापन गरिएको छ ।

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया