निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम तीन महिनाभित्र सक्न प्रधानमन्त्रीको निर्देशन

 कात्तिक १७, २०७७ सोमबार ८:२०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको गोदावरीमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम तीन महिनाभित्र सक्न निर्देशन दिनुभएको छ। 

निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निरीक्षण गर्दै प्रधानमन्त्री ओलीले  अबको तीन महिनाभित्र काम सम्पन्न गर्न तथा महत्वपूर्ण कार्यक्रम यही केन्द्रमा गर्न सक्ने गरी तयारी गर्न पनि निर्देशन दिनुभयो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वर्तमान सरकार बनेको तीन वर्ष पुगेका दिन अर्थात् आउँदाे फागुन ३ गते सभाहलको उद्घाटन गर्ने तयारी मिलाउन सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सहरी विकास तथा भवन निर्माण विभागका पदाधिकारीलाई निर्देशन समेत दिनुभएको छ ।

२०७६ असोज २० गतेदेखि निर्माण सुरु भएको सम्मेलन केन्द्र कात्तिक २७ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर कोरोना जोखिमका कारण ढिलाइ हुने भएको छ । झण्डै ४३ रोपनी क्षेत्रफलमा निर्माणाधीन केन्द्र केसी समानान्तर जेभीले ५८ करोड २४ लाखमा ठेक्का पाएको हो । 

४३ रोपनी मध्ये ११ रोपनीमा सिटीहल, ३ रोपनी ३ आनामा आन्तरिक सडक, १६ रोपनीमा बगैँचा र हरियाली र १३ रोपनी क्षेत्रफलमा पार्किङ गर्न गरी निर्माण भइरहेको छ । विभागका महानिर्देशक मणिराम गेलालका अनुसार अहिलेसम्म निर्माण कार्यको ६५ प्रतिशत प्रगति भएको छ ।

भवनमा छानो हाल्न र भित्र आवश्यक सामग्री जोड्न बाँकी रहेको  निर्माण कम्पनीका साइट इञ्जिनीयर पवन मैनालीले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया