हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - कोभिड महामारीका कारण थला परेको नेपालको पर्यटन क्षेत्रलाई टेवा पुर्याउने र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले देशव्यापी साइकल यात्रा सुरु हुने भएको छ ।
विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा पर्यटन व्यवसायी समेतको टोलीले सोमबारदेखि सुदूरपश्चिमको महेन्द्रनगर हुँदै पूर्वको पशुपतिनगरसम्म यात्रा गर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ । साइकल यात्राका क्रममा पर्यटन प्रवर्द्धसँगै स्वास्थ्य सचेतना फैलाउने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले जानकारी दिनुभयो ।
साइकल यात्रीलाई सोमबार बिहान काठमाण्डाैबाट बिदाइ गर्ने कार्यक्रम छ । महेन्द्रनगरबाट सुरु हुने साइकलयात्राले ठाकुरद्वारा, नेपालगञ्ज, सुर्खेत, घोराही, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौंडा, वीरगञ्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै काँकडभिट्टासम्म पुगेर आन्तरिक पर्यटन प्रवर्द्धनका लागि बोर्डको सन्देश प्रवाह गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।