ललितपुर सुनाकोठीका बासिन्दाद्वारा अनिश्चितकालिन सडक बन्द

 कात्तिक १७, २०७७ सोमबार १२:२०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - ललितपुरको सुनाकोठीका बासिन्दाले सडक बन्द गरेका छन् ।

लामो समयदेखि सडक कालोपत्र गर्न माग गर्दै आए पनि कालोपत्रे नभएको भन्दै उनीहरुले अनिश्चितकालीन सडक बन्दको घोषणा गरेका हुन् । विस्तारका लागि सडक भत्काएर अलपत्र छाड्दा धुलो र हिलोले आफूहरु पीडित भएको सुनकोठीका बासिन्दाले बताएका छन् । चार महिनाअघि पनि त्यहाँका बासिन्दाले सडक कालोपत्रेको माग गर्दै आन्दोलन गरेका थिए ।

त्यसबेला तत्कालै सडक कालोपत्र गर्ने सहमति भए पनि काम नभए पनि फेरि आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् । बाटो बनाउन ६ वर्ष अघि नै जिम्मा लिएको सैलुङ्ग कन्स्ट्रक्सनका ठेकेदारले पटकपटक वचन दिए पनि काम नगर्दा समस्या भएको हो ।

शैलुङ कन्स्ट्रक्सनका मालिक नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी सारदाप्रसाद अधिकारीले सडक अलपत्र पारेको भन्दै सुनाकोठीका बासिन्दाले घरबेटी भएकै कारण सडक अलपत्र पार्नेले उन्मूक्ति पाउन नहुने बताएका छन् । अब सहमति नगर्ने र तुरुन्तै काम सुरु गरेको अवस्थामा मात्रै सडक खोलिने स्थानीय बासिन्दाले अडान लिएका छन् ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया