दशैँ मनाएर झण्डै १ लाख २५ हजार काठमाण्डौ फर्किए

 कात्तिक १७, २०७७ सोमबार ११:२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - दशैँ मनाउन घर गएकाहरुमध्ये अहिलेसम्म १ लाख २५ हजार काठमाण्डौ उपत्यका फर्किएका छन् । 

कात्तिक १२ गतेदेखि आज बिहानसम्म १ लाख २५ हजार मानिस उपत्यका फर्किएका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । 

पछिल्लो एक हप्तामा १ लाख ४ हजार मानिसले भने काठमाण्डौ उपत्यका छोडेका छन् । दशैँको फूलपातीको दिनपछि काठमाण्डौ फर्कनेहरुको सङ्ख्यामा कमी आएको थियो । घटस्थापना सुरु भएपछि आउने भन्दा काठमाण्डौ  उपत्यका छोड्ने मानिसको सङ्ख्या बढी थियो ।

सबैभन्दा धेरै फूलपातीको दिन ४८ हजार ९८ जना मानिसले काठमाण्डौ छोडेका थिए । फूलपातीको अघिल्लो दिन कार्तिक ६ गते ३३ हजार ४ सय ४६ जना मानिस उपत्यका बाहिर गएका पनि उहाँले बताउनुभयो । यो संख्या गएको वर्षको तुलनामा निक्कै कम हो । कोरोना सङ्क्रमण जोखिमका कारण यसपालि दशैँमा चहलपहल भएन । 

दशैँ मनाउन घर जानेहरुमध्ये कतिपय भने तिहार मानेर मात्रै काठमाण्डौ फर्कने गरेका छन् ।
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया