व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान दिँदैन : नेकपा प्रवक्ता श्रेष्ठ

 कात्तिक १७, २०७७ सोमबार ११:२०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको फुट उचित र सही हुन नसक्ने बताउनुभएको छ ।

पार्टी एकता ठूलो मेहनत र पसिना लगाएर हासिल भएको भन्दै उहाँले एकताको पक्षमा दृढतापूर्वक उभिन र आ-आफ्नो ठाउँबाट सक्रिय पहल गर्न आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम-कार्यकर्ता तथा शुभेच्छुकहरुको चाहना र जनादेशविरुद्ध हुने बताउनुभएको छ । पार्टी प्रवक्ता श्रेष्ठले बैठक बसेर सबै पक्षहरुका बारेमा खुला छलफल गर्न र सकारात्मक निष्कर्ष निकाल्न पनि आग्रह गर्नुभएको छ ।

व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान पनि नदिने र कसैको हित पनि नगर्ने उनको भनाइ छ । पार्टी एकता रक्षाको लागि सबैबाट इमान्दार प्रतिवद्धता भए पुग्ने भन्दै उहाँले पार्टीको विधि, पद्धति एवं निर्णयको पालना र कार्यान्वयन गर्न पनि अपिल नारायणकाजी श्रेष्ठको छ ।

 

 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया