कान्ति बाल अस्पताललाई काठमाण्डाै महानगरपालिकाले दियो एक थान पीसीआर मेसिन

 कात्तिक १७, २०७७ सोमबार १३:३३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ ।

काठमाण्डाै महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित चीनको नानजिङ सहरले दिएका दुई मध्ये एक थान पीसीआर मेसिन कान्ति बाल अस्पताललाई आज हस्तान्तरण गरेको हो । झण्डै १६ लाख पर्ने सो मेसिन हस्तान्तरणपछि महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले जति सक्दो छिटो मेसिन जडान गरी सेवा सुरु गर्न अस्पताललाई आग्रह गर्नुभयो ।

शाक्यले सेवा कसले दिने भन्दा पनि सबैले मिलेर सेवा दिनुपर्छ भन्ने मान्यताका साथ हामीले यस्ता अत्यावश्यक सामग्री विरामीको बढी चाप रहेका अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएको र यो तेस्रो चरणको हस्तान्तरण कार्यक्रम भएको बताउनुभयाे ।

शाक्यले यस अघि पनि काठमाण्डाै महानगरपालिकाले थापाथलीको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा पीसीआर मेसिनसहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको जानकारी दिनुभयो । कान्ति बालअस्पतालका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले महामारीविरुद्धको लडाईं लडिरहेका बेला काठमाण्डाै महानगरपालिकाले गरेको यो ठूलो सहयोग भएको बताउनुभयो ।

पौडेलले अहिले पनि दैनिक २० देखि ३० जनासम्मको परीक्षणका लागि नमूना अन्य ल्याबमा पठाउनु पर्ने बाध्यता रहेको भन्दै अब अस्पतालमै मेसिन जोडेपछि त्यो समस्या हट्ने बताउनुभयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया