हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
प्रधानले आफू २८ वर्षदेखि उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले आफू पुजारी बनेर पूजा गर्नका लागि पनि उम्मेदवारी घोषणा गरेको बताउनुभयो । काठमाण्डाैमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा सबै व्यावसायिक समस्याहरुको समाधान गर्न आफ्नो समूह सक्षम रहेकाले पनि मतदाताले आफूलाई विजयी बनाउने विश्वास प्रधानले व्यक्त गर्नुभयो ।
प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतीले उम्मेदवारी घोषणा गर्नुभएको छ । प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समेत साथ रहेको छ ।
महासंघको बरिष्ठ उपाध्यक्षको लागि चन्द्र ढकालले यसअघि नै उम्मेद्वारी घोषणा गरिसक्नुभएको छ । वरिष्ठ उपाध्यक्ष नै आउँदो कार्यकालको लागि स्वत: अध्यक्ष हुने प्रावधान रहेकाले उद्योग वाणिज्य महासंघको चुनावमा वरिष्ठ उपाध्यक्ष पदलाई निकै महत्वका साथ हेरिन्छ । महासंघको ५४ औं वार्षिक साधारणसभा चुनाव आउँदो मंसिर ११, १२ र १३ गते काठमाण्डाैमा हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।