नेप्से साढे तीन अंकले घट्यो, २ अर्ब ४५ करोड रुपैयाँको कारोबार

 कात्तिक १७, २०७७ सोमबार १५:५५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - शेयरबजार परिसूचक नेप्से साढे तीन अंकले घटेको छ । नेप्से तीन दशमलव ३३ अंकले घटेर १६ सय ३७ दशमलव ६३ विन्दुमा झरेको छ ।

बैंक, विकास बैंक, अन्य र जीवन बीमा समूहको शेयर ओरालो लाग्दा समग्र बजार पनि घटेको हो । बैंक समूहको शेयर ११ प्रतिशत, अन्य समूहको तीन प्रतिशत र जीवन बीमा समूहको शेयर नौ प्रतिशतले घटेको छ ।

व्यापार, होटल, जलविद्युत, फाइनान्स, माइक्रोफाइनान्स, निर्जीवन बीमा उत्पादन लगायतका समूहको शेयर भने बढेको छ । आज १ सय ९७ कम्पनीका ६ लाख ९३ हजार कित्ता शेयर २ अर्ब ४५ करोड ३९ लाख रुपैयाँमा किनबेच भए ।

आज सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको १२ करोड ४० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । विशाल बजार कम्पनी, सारथी लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था र शिवश्री हाइड्रोपावरका शेयरधनीले ९ प्रतिशत भन्दा धेरैका दरले कमाएका छन् ।

जनरल इन्स्योरेन्स कम्पनीका शेयरधनीले सबैभन्दा धेरै तीन दशमलव १४ प्रतिशत गुमाएका छन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया