जिल्ला प्रशासन कार्यालय रसुवामा मंगलबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द

 कात्तिक १७, २०७७ सोमबार १६:५७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - जिल्ला प्रशासन कार्यालय रसुवाले भोलिदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ ।

कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै कार्यालयले आज एक सूचना प्रकाशित गरी अत्यावश्यक बाहेकका सेवा बन्द गरिने जनाएको हो । नयाँ तथा प्रतिलिपि नागरिकता वितरण, नाबालक परिचयपत्र वितरण, संघसंस्था र पत्रपत्रिका दर्ता तथा नवीकरण, राहदानी वितरण, राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा वितरण र अन्य अत्यावश्यक सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्न लागिएको हो ।

रसुवामा कोरोना सङ्क्रमितको संख्या करिब १ सय ६ पुगेको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया