बाग्लुङमा देउसी भैलो खेल्न नपाइने

 कात्तिक १८, २०७७ मंगलबार ७:२८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

बाग्लुङ - बाग्लुङमा तिहारमा देउसी भैलो खेल्न नपाइने भएको छ । कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बाग्लुङले १२ बुँदे निर्देशन जारी गर्दै देउसी भैलो नखेल्न भनेको हो । 

प्रशासनले सक्रिय सङ्क्रमित बढी भएर समुदायमा फैलिएको केही वडामा लकडाउन गर्ने, तिहारका अवसरमा खेलिने देउसी भैलोमा पूर्ण रोक लगाउने तथा अत्यावश्यक काममा बाहेक घरबाहिर नआउन आग्रह गरेको छ । 

कोरोना रोकथामका लागि बागलुङ नगरपालिका–१, २, ३ र ४ वडा सोमबार मध्यरातदेखि लागू हुने गरी एक हप्ताका लागि बन्द गरिने भएको छ भने देउसी भैलो खेल्दा भीडभाड हुने भएकाले जिल्लाभर देउसी भैलो खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो ।

यस्तै बाग्लुङ बजार क्षेत्रका बैंक तथा वित्तीय संस्था पनि एक हप्ता बन्द हुने भएका छन् । बाग्लुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घको आग्रहमा बागलुङ बजार क्षेत्रमा लकडाउन र अन्य ठाउँमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया