हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - अहिले काठमाण्डौ उपत्यकामा हुस्सु लागेको छ ।
जाडो महिना सुरु हुन थालेकाले अब हुस्सु लाग्ने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुसँगै स्थानिय वायुको प्रभावका कारण आज उपत्यकामा हुस्सु लागेको मौसमविद् मन्जु बासीले बताउनुभयो ।
यसअघि उपत्यकामा हुस्सु लागेको थिएन । पश्चिमी वायुकै प्रभावका कारण अहिले पश्चिम पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित धेरैजसो पहाडी क्षेत्र र प्रदेश २ र लुम्बिनी प्रदेशमा मौसम आंशिक बदली भएको छ ।
आज काठमाण्डौको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । आज अधिकतम तापक्रम २६-२७ डिग्री सेल्सियससम्म पुने अनुमान गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।