खुलामञ्चमा खाना खुवाउन कसले राेक्दाे रहेछ, हेराैँ ! : साझा पार्टी

 कात्तिक १८, २०७७ मंगलबार १४:२३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – साझा पार्टीले बुधबार बिहान र बेलुका काठमाण्डौको खुलामञ्चमा असहायहरूलाई निःशुल्क खाना खुवाउने भएको छ ।

काठमाण्डौ महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना खुवाउन रोक लगाएकोप्रति आपत्ति जनाउँदै साझा पार्टीले बुधबार बिहान र बेलुका खाना खुवाउँदा लाग्ने खर्च बेहोर्ने निर्णय गरेको साझा पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना भएका बेला सरकार आफैले उनीहरूको हेरचाह गर्नुको सट्टा नागरिकस्तरबाट भइरहेको परोपकारी कार्यसमेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा भएको साझा पार्टीले निकालेको विज्ञप्तिमा भनिएको छ ।

लकडाउनपछि रोजगार गुमाएका वा असहायहरूलाई खुलामञ्चमा महिनौदेखि निःशुल्क खाना खुवाउने कार्यक्रम भइरहेकोमा साेमबार काठमाण्डौ महानगरपालिकाले रोक लगाएको थियो ।  

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dev

    Nov. 6, 2020, 7:51 a.m.

    पागल हो त्यो खाना खान नदिने ...

  •  0 Reply

तपाईको प्रतिक्रिया