कोरोना बीमाको दाबी भुक्तानी एक हप्ताभित्रै पाइने, भुक्तानी नपाए उजुरी गर्न मिल्ने

 कात्तिक १८, २०७७ मंगलबार १८:२५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना बीमाको रकम भुक्तानीको दाबी गरेको एक हप्ताभित्रै भुक्तानी पाइने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेल, अर्थ सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ, बिमक सङ्घका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको अर्थ मन्त्रालयमा बसेको बैठकले बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बीमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने निर्णय गरेको हो ।

बैठकले दाबी गरेको एक हप्ताभित्र रकम पाए÷नपाएको अनुगमन र समन्वय बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ । 

अर्थमन्त्री पौडेलले बीमितहरुले बीमाङ्क रकम दाबी गर्नासाथ अविलम्ब भुक्तानी दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । 

यस्तै कोरोना बीमाको दाबी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरूको सुनुवाइ गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोनसहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको छ ।

अहिलेसम्म १७ लाख ७० हजार नौ सय जनाले कोरोना बीमा गरेकोमा १३ हजार तीन सय ५३ जनाले बीमा भुक्तानी दाबी गरेका छन् तर जम्मा एक हजार चार सय ४१ जनालाई मात्रै बीमा कम्पनीले भुक्तानी दिएका छन् । बीमा कम्पनीले बीमितबाट एक अर्ब एक करोड ९१ लाख रुपैयाँ सङ्कलन गरे पनि बीमा भुक्तानी नदिएको भन्दै बीमा कम्पनी र सरकारको चौतर्फी आलोचना भइरहेको छ । 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया