चिनियाँ विदेश मन्त्रालय भन्छ, ‘नेपाली भूमि मिचिएकाे भन्ने रिपाेर्टहरु हल्ला र निराधार’

 कात्तिक १८, २०७७ मंगलबार १८:४७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चीनले नेपालको कुनै पनि भूमि नमिचेको बताएको छ । यसअघि हुम्लाको लिमी उपत्यकामा चीनले सीमा मिचेर भवन निर्माण गरेको खबर सार्वजनिक भएपछि नेपालको सीमा नमिचेको बताएको चिनियाँ विदेश मन्त्रालयले फेरि त्यही कुरा दोहोर्‍याएकाे हो ।

पछिल्लो पटक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले चीनले नेपालको एक सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको खबर प्रकाशन गरेपछि चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन बिनले नेपालको भूमि मिचेको कुरा हल्ला मात्रै भएको बताएकाे समाचार संस्था रोयटर्सले जनाएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जीवनबहादुर शाहीको टोलीले चीनले हुम्लाको लोलुङजोङमा नेपाली भूमि मिचेर भौतिक संरचना निर्माण गरेको निष्कर्ष निकालेको थियो । कर्णाली प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका शाहीको नेतृत्वमा सीमा क्षेत्रको अनुगमनका लागि गएको टोलीले नेपाली भूभाग मिचिएको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको हो ।

पिलर नम्बर ५ देखि १२ नम्बरसम्म ११ दिन लगाएर गरेको स्थलगत अध्ययन तथा अनुगमनका क्रममा चीनले नेपाली भूभाग मिचेको ठहर भएको शाहीले बताएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमा आएपछि चीनले नेपाली भूमि नमिचेको दाबी दोहोर्‍याएकाे हो । 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया