उद्याेग वाणिज्य महासङ्घ चुनाव : चन्द्र ढकाल प्यानलका केन्द्रीय सदस्यहरुको उम्मेदवारी दर्ता

 कात्तिक १८, २०७७ मंगलबार १९:३०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न चुनावका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले जिल्ला तथा नगर, वस्तुगत र एसाेसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।  

चुनाव कार्यालयसमेत रहेको नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय कार्यालय पुगेर ढकाल प्यानलका विभिन्न व्यक्तिहरुले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

मङ्गलबार वस्तुगततर्फ केन्द्रीय सदस्यमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुबाेधकुमार गुप्ता, सुमित केडिया, रविनकुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै जिल्ला नगरतर्फबाट अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियालगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

साथै एसाेसिएट्सतर्फ ढकाल प्यानलबाट अजित बस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीलगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

मनोनयन स्थलमा पुग्नुभएका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका आर्थिक मुद्दा उठाउन साना, मझौला र ठूला उद्योगी व्यवसायीहरु मिलेर अगाडि बढ्ने बताउनुभयो । सबै प्रकारका व्यवसाय सञ्चालन गरी विदेशी लगानीसमेत प्रवर्द्धन गर्ने उल्लेख गर्दै उहाँले देश/विदेशमा रहेका लाखौँ नेपालीहरुका लागि रोजगारी सिर्जना हुने औद्योगिक वातावरण सिर्जना गर्ने बताउनुभयो । 

महासङ्घको ५४ औँ वार्षिक साधारण सभा तथा चुनाव आउँदाे मङ्सिर ११, १२ र १३ गते काठमाण्डाैमा हुँदैछ । महासङ्घको आसन्न वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराइ सक्नुभएको छ ।

ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसाेसिएट उपाध्यक्षमा रामचन्द्र सङ्घाईले पनि उम्मेदवारी दर्ता गराइसक्नुभएको छ । ढकाल प्यानलबाट जिल्ला तथा नगर, वस्तुगत र एसाेसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा केहीले उम्मेदवारी दिन बाँकी रहेको बताइएको छ । केन्द्रीय सदस्य पदका उम्मेदवारहरुले पनि केही दिनभित्रै उम्मेदवारी गर्दा गराउने पनि उपाध्यक्षका उम्मेदवार ढकालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया