अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सकिँदै, ट्रम्पले चुनावी प्रचारमा बाइडेनले भन्दा ४ करोड ३० लाख डलर बढी खर्च गरेको अनुमान

 कात्तिक १९, २०७७ बुधबार ६:३८:१९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सकिँदैछ । अन्तिम चरणमा रहेको मतदानमा पनि लाखौँ अमेरीकी मतदाताले मतदान गरिरहेका छन् । अब केही समयभित्र मतदान केन्द्रहरु बन्द हुने र नतिजा आउन सुरु हुने बिबिसीले जनाएको छ ।

कोरोना महामारीका कारण यसपटक मतदानको अघिल्लो दिन अस्ति १० करोड मतदाताले हुलाकी माध्यमबाट मतदान गरिसकेका छन् । ठूलो संख्याका मतदाताले हुलाकी माध्यमबाट मतदान गरेकाले चुनावको अन्तिम नतिजा आउन केही समय लाग्ने अनुमान गरिएको छ ।

चुनावअघि भएका सर्वेक्षणले जो बाइडेनलाई स्पष्ट रुपमा अघि रहेको देखाए पनि प्रारम्भिक नतिजा आउन अझै केही समय लाग्ने देखिएको खबरमा उल्लेख छ । अस्ती सोमबारसम्म अमेरिकामा अग्रिम मतदान गर्नेको संख्या इतिहासमै सबैभन्दा धेरै र चार वर्षअघिको चुनावमा खसेको जम्मा मतको ७१ प्रतिशत भन्दा धेरै पुगेको छ । कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरूले पनि मत खसाल्न पाउने अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्शनले जनाएको छ ।

तर उनीहरुका लागि भने मास्क लगाउनुपर्ने, ६ फीटको दूरीमा उभिनुपर्ने, मतदान गर्नु अगाडि र पछाडि साबुन पानीले हात धुने वा सेनिटाइजर लगाउनुपर्ने नियम बनाइएको छ । अमेरिकामा हरेक चार वर्षमा चुनाव हुन्छ । १८ वर्ष र त्यसभन्दा माथिको उमेरका मानिस मतदान गर्न योग्य हुन्छन् ।

डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको प्रचार अभियान समूहले चुनावी प्रचारप्रसारका लागि ६३ करोड ८० लाख डलर खर्च गरेको छ । सबैभन्दा धेरै टेलिभिजन विज्ञापनमा खर्च भएको हो । यस्तै राष्ट्रपति ट्रम्पको प्रचार अभियान समूहले ४७ करोड २० लाख डलर विज्ञापनमा खर्च गरेको छ । ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी बाइडेनभन्दा डिजिटल विज्ञापनमा चार करोड ३० लाख डलर बढी खर्च गरेको हुन सक्ने बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया