भारतका स्थलसेना प्रमुख नरवणे दिउँसो काठमाण्डौ आईपुग्ने

 कात्तिक १९, २०७७ बुधबार ८:३९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतका स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे आज नेपाल आउँदै हुनुहुन्छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उहाँ नेपाल आउन लाग्नुभएको हो ।

भारतीय सेनाको विशेष विमानमार्फत उहाँ र उहाँकी श्रीमतीसहित ४ सदस्यीय टोली दिउँसो काठमाण्डौ आइपुग्ने कार्यक्रम छ । उहाँलाई मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गर्ने कार्यक्रमा रहेको छ । ने

नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएको छ । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह, खड्ग चिन्ह र प्रमाणपत्र प्रदान गर्नुहुने कार्यक्रममा रहेको छ ।

नक्सा विवादका कारण केही महिनादेखि नेपाल र भारतबीच औपचारिक रुपमा राजनीतिक तहमा छलफल नभईरहेको समयमा उहाँले नेपाल भ्रमण गर्न लाग्नुभएको हो । नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिनुभएका नरवणेको नेपाल भ्रमणलाई लक्षित गरेर सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाईएको छ ।

भ्रमणको पहिलो दिन आजका लागि भने कुनै औपचारिक कार्यक्रम तय नभएको नेपाली सेनाले जनाएको छ । भोलि भने उहाँ दिनभर नै व्यस्त हुनुहुनेछ । उहाँ ४ दिने भ्रमण पूरा गरेर भारत फर्कनुहुनेछ ।

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया