अमेरिकी राष्ट्रपति चुनावको मतदान सकियो, केही ठाउँमा नतिजा आउन सुरु

 कात्तिक १९, २०७७ बुधबार ८:५९:१७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपति पदको मतदान सकिएको छ । केही ठाउँको नतिजा आउन पनि सुरु भइसकेको छ । ५० मध्ये १७ राज्यको नतिजा आउँदा डेमोक्रेट उम्मेदवार जाे बाइडेन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि धेरै देखिएका बिबिसीले जनाएको छ ।

बाइडेन पक्षका ८९ र रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षका ६३ प्रतिनिधि चुनिएका छन् । टेक्सस, कोलोराडो, नेब्रास्का, मिजुरी, इलिनाय, ओहायो, पेन्सिलवेनिया, नर्थ केरोलिना, न्यू हेम्पशायर लगायतका राज्यमा बाइडेन अगाडि हुनुहुन्छ ।

अहिले मतगणना चलिरहेको छ । अझै धेरै ठाउँको मतगणना हुन बाँकी भएकाले अहिले नै कसको जित हुन्छ भन्ने अनुमान लगाउन सकिने अवस्था छैन । बहालवाल राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति समेत रहनुभएका बाइडनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ ।

यसपटकको चुनावमा फ्लोरिडा, एरिजोना, पेन्सलभेनिया, मिचिगन, विसकन्सिन, नर्थक्योरिलना र जर्जियाको इलेक्टोरल भोटलाई निर्णायक मानिनेछ । ब्याटल ग्राउण्ड भनिने यी राज्यहरुमा जुन उम्मेदवारले अग्रता कायम गर्दै वर्चस्व कायम गर्नेछन् उनकै जित निश्चित हुनेछ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया