हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – चिसो मौसममा कोरोना सङ्क्रमणदर अझ बढ्ने र बिरामीलाई बढी समस्या हुन सक्ने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।
कोरोना सङ्क्रमित हुने क्रम रहिरहँदा चिसो पनि बढ्न थालेकाले कोरोनाको जोखिमसँगै अरु विभिन्न स्वास्थ्य समस्या हुने भएकाले सावधानी अपनाउन सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले सुझाव दिनुभएको छ । विभिन्न देशमा गरिएको अध्ययनमा जाडो समयमा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढेकाले नेपालमा पनि बढ्ने अनुमान गरिएको डाक्टर पुनले बताउनुभयो ।
जाडो महिनासँगै कोरोना सङ्क्रमित बढ्ने र अन्य रोगका बिरामीलाई त्यसले झनै असर गर्ने उहाँको भनाई छ । अहिले मौसमी फ्लुका बिरामी पनि भेटिन थालेका छन् । यस्तै रुघाखोकी लाग्ने, बालबालिकामा पखाला लाग्ने लगायतका स्वास्थ्य समस्या पनि देखिन थालिसकेको उहाँले बताउनुभयो । कोरोना र मौसमी फ्लुको लक्षण लगभग मिल्दोजुल्दो हुने भएकाले नआत्तिन तर सरसफाइ र सावधानी भने निरन्तर अपनाउन उहाँको आग्रह छ ।
अहिले कतिपय कोरोना सङ्क्रमण भएर उपचार गराइरहेका बिरामीमा खोकी कम नहुने र निको भएका व्यक्तिमा हिँड्डुल गर्दा पनि स्याँस्याँ हुने, मांसपेसी दुख्नेजस्ता समस्या देखिएको उहाँले बताउनुभयो । यो समयमा बालबालिका, वृद्धवृद्धा तथा मुटु, मिर्गौला, क्यान्सर, मधुमेह, श्वासप्रश्वास, दमका रोगीलाई बढी सताउन सक्छ । दीर्घरोगीलाई झनै खतरा रहेको उहाँले जानकारी दिनुभयो ।
अरू बेलाभन्दा शरीरको प्रतिरोध क्षमता जाडोमा कमजोर हुने र कम घाम लाग्ने भएकाले शरीरका लागि चाहिने भिटामिन ‘डी’ को पनि कमी हुने भएकाले विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ । सामान्य रुघाखोकी लागेको छ भने घरमै बाफ लिने, तातोपानी पिउने लगायतका उपचार गर्न सकिन्छ । लामो समय समस्या देखिएमा र अवस्था जटिल बनेमा भने अस्पताल जानुपर्ने डाक्टर पुन बताउनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।