ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा

 कात्तिक १९, २०७७ बुधबार १०:२०:१५ | एजेन्सी
unn.prixa.net

अमेरिकी राष्ट्रपतीय चुनावको सुरुवाती नतिजाले धेरै राज्यमा ट्रम्प र बाइडेनबीच कडा प्रतिस्पर्धा  भएको देखाएको छ ।

सुरुवाती नतिजाले​ रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार जो बाइडनबीच कसले जित्ने भन्ने अनुमान गर्न कठिन भएको छ ।

फ्लोरिडामा जो बाइडनको भन्दा डोनाल्ड ट्रम्पको जितको सम्भावना बढी देखिएको बीबीसीले जनाएको छ । तथापी पेन्सिलभेनिया, विस्केन्सिन, मिसिगन, एरिजोन, ओहायो, टेक्सास तथा नर्थ कैरोलाइनाको चुनावी परिणाममा कसको जित हुने भन्ने कुरा भर पर्नेछ । 

मंगलबार भएको मतदानमा १० करोड भन्दा बढी मानिसले भोट हालेका छन् । अमेरिकाको इतिहासमा यति धेरै मतदान पहिलो पटक भएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया