हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – कोरोना सङ्क्रमितको पहिचान र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि एक्सनएड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामग्री पीपीई हस्तान्तरण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई एक्सनएड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले १ करोड ६२ लाख ४३ हजार ३ सय ४३ रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममास्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोरोना सङ्क्रमणको दर बढिरहेको बेलामा प्रदान गरिएको सामग्रीले कोरोना संक्रमित पहिचान तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
यी सामग्रीहरुलाई मन्त्रालयले आवश्यकता भएका ठाउँमा पठाउने पनि वहाँले बताउनुभयो । समाज कल्याण परिषदका उपाध्यक्ष डा.पदमप्रसाद खतिवडाले हस्तान्तरण भएका सामग्रीले कोभिडविरुद्ध लड्न सहयोग पुग्ने बताउनुभयो । एक्सनएड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले व्यक्तिगत सुरक्षा सामग्रीले स्वास्थयकर्मीहरुलाई सुरक्षित रुपमा सेवा दिनका लागि सहयोग पुग्ने बताउनुभयो ।
'सुरक्षा सामग्रीको अभावमा स्वास्थ्य सेवा प्रभावित नहोस भन्ने उद्देश्यले हामीले यो सहयोग गरेका हौं । समुदाय तथा राष्ट्रमा परेको विपतलाई दृष्टिगत गरी कोभिड १९ का संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने व्यक्तिगत सुरक्षा तथा उपकरण सहयोगले केही भने पनि राज्यको कार्यक्रममा सहयोग पुग्नेछ’, माथेमाले भन्नुभयो ।
एक्सनएड नेपालले विश्वभर फैलिएको कोभिड १९ महामारी तथा यसको असरबाट बचाउन विभिन्न कार्यक्रम गर्दै आएको छ । यसले हाल एचबीसी, डीएफआईडी,युनिलिभर र स्टाण्डर्ड चार्टड बैंकसँगको सहकार्यमा काठमाण्डौ उपत्यका, बर्दिया डोटी, बाजुरा, सिरहा र अरु जिल्लाहरुमा कोभिड १९ सङ्क्रमितको पहिचान र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको लागि ५ हजार ४५७ थान सामग्री वितरण हुनेछ भने मन्त्रालयमा हस्तान्तरण भएका सामग्रीमध्ये ४ हजार थान सामग्री आवश्यकता भएका अरु जिल्लाहरुमा जानेछ । जिल्लाहरुका लागि छुट्याईएका सामग्रीहरु पालिकाहरुमार्फत वितरण हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।