रिलायन्स लाइफ इन्स्योरेन्सको नयाँ बीमा योजना सार्वजनिक

 कात्तिक १९, २०७७ बुधबार ११:२०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बीमा योजना जारी गरेको छ ।

इन्स्योरेन्सले 'लिमिटेड इन्डमेन्ट' बीमा योजना सार्वजनिक गरेको हो । यस बीमा योजना अन्तर्गत बिमितले सिमित वर्षको लागि बीमा शुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउन सक्ने इन्स्योरेन्सले जनाएको छ ।

यस योजनाको अर्को विशेषता भनेको बीमा अवधिमा बिमितको ज्यान गएमा इच्छाइएको व्यक्तिलाई  बीमा जारी र बीमा दावीको समयावधि हेरी बीमाङ्क रकमको अधिकतम दुई सय २५ प्रतिशत सम्म र आर्जित बोनस भुक्तानी गरिनेछ । 

यो योजनामा बीमा अवधि समाप्ति पश्चात् बीमाङ्क रकम र आर्जित बोनस भुक्तानी गरिने छ । 

यो योजना १६ देखि ६५ वर्ष उमेरकाले लिन सक्नेछन् । यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम ५० हजार रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमाङ्क रकम कम्पनीको नियम बमोजिम हुनेछ । यस योजनामा बीमा अवधि न्यूनतम १० वर्ष र अधिकतम २५ वर्ष रहेको छ । यो योजनाको बीमा शुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष रहेको रिलाइन्स लाइफ इन्स्योरेन्सले जनाएको छ ।  

यो योजनासँगै बिमितले थप न्यूनतम शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्नेछन् ।  
 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया