हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – भारतका स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे काठमाण्डौ आइपुग्नुभएको छ ।
भारतीय वायु सेनाको विमानमार्फत उहाँ केहीबेरअघि काठमाण्डौ आइपुग्नुभएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा काठमाण्डौ आएका उहाँलाई मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गर्ने कार्यक्रमा रहेको छ ।
नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएको छ । भ्रमणको पहिलो दिन आजका लागि भने कुनै औपचारिक कार्यक्रम तय नभएको नेपाली सेनाले जनाएको छ । भोलि भने उहाँ दिनभर नै व्यस्त हुनुहुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।