नक्कली पीसीआर रिपोर्टका कारण नेपाल एअरलाइन्सको बदनाम, सजगता अपनाउन प्रयाेगशालालाई आग्रह

 कात्तिक १९, २०७७ बुधबार १४:३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल एअरलाइन्समा यात्रा गर्ने यात्रुको पीसीआर रिपोर्ट नक्कली हुँदा एअरलाइन्स बदनाम हुँदै गएको छ ।

नेपालबाट कोरोना नेगेटिभ भएको पीसीआर रिपोर्ट लिएर विभिन्न देशमा पुगेका कतिपय यात्रुको परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएपछि ती देशले एअरलाइन्सलाई खबरदारी गरेका छन् । नेपाल एअरलाइन्समा यात्रा गरेका यात्रुमा कोरोना देखिएपछि हङकङले उडानमा प्रतिबन्ध लगाइसकेको छ । ​दुबई र नारिता विमानस्थलले चेतावनी पठाएका छन् ।

सरकारले मान्यता दिएका प्रयोगशालामा भएको परीक्षण पनि विश्वसनीय नहुँदा नेपाल एअरलाइन्सलाई ठूलो आर्थिक नोक्सानी र प्रतिष्ठामा पनि आँच पुगेको छ ।

एअरलाइन्सले सजगताका साथ पीसीआर परीक्षण गर्न प्रयोगशालासँग अनुरोध गरेको छ ।

पीसीआरको नमुना दिएपछि यात्रुले पनि सावधानी अपनाएर सजग रहन एअरलाइन्सको आग्रह छ । नेपालमा रिपोर्ट नेगेटिभ देखाउने तर अरु देशमा गएर परीक्षण गर्दा पोजेटिभ आएमा त्यसको सम्पूर्ण जिम्मेवारी यात्रु स्वयंले लिनुपर्ने पनि एअरलाइन्सले जनाएको छ ।

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया