हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल वायु सेवा निगमले अनलाइन टिकेटिङ सेवा सुरु गर्ने भएको छ ।
सूचना प्रविधिको अहिलेको समयमा पनि अनलाइन टिकेटिङ सुरु नगरेको भन्दै आलोचना खेपिरहेको निगमले यसै आर्थिक वर्षभित्र अनलाइन टिकेटिङ सुरु गर्ने तयारी गरेको हो । निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले अहिले निगमले झण्डै ३० वर्ष पुरानो प्रणालीमार्फत काम गरिरहेकाले अनलाइन टिकेटिङ सुरु गर्न गाह्रो भएको तर अब बिस्तारै पुरानो प्रणाली विस्थापन गरिने बताउनुभएको छ ।
२० वर्षको अग्रिम भुक्तानी दिएर पुरानो प्रणाली खरिद गरिएकाले एकैपटक पुरानो प्रणाली विस्थापन गर्न नसकिने तर बिस्तारै नयाँ प्रणाली ल्याउने उहाँको भनाइ छ ।
महाप्रबन्धक पौडेलले भन्नुभएको छ, ‘यो ‘सिस्टम’ २० वर्षको अग्रिम भुक्तानी दिएर खरिद गरिएको रहेछ । त्यसैले ‘सिस्टम’ परिवर्तन गर्दा नेपाल एअरलाइन्सलाई ठूलो रकम नोक्सान पर्न जाने भएकोले यसलाई क्रमशः विस्थापन गरेर ६ महिनामा पूर्णरुपमा नयाँ सफ्टवेयर राख्ने योजना बनाएका छौँ । अहिले हामीले राख्न प्रस्ताव गरेको नयाँ ‘सफ्टवेयर’मा अनलाइन ‘टिकेटिङ’, मोबाइल एप, मोबाइल पेमेन्ट, ई–कमर्सलगायतका सयौँ नयाँ फिचरहरु थपिने छन् ।’
नेपाल एअरलाइन्सका सेवालाई थप आधुनिक र प्रभावकारी बनाउन आफूहरु लागिपरेको पनि महाप्रबन्धक पौडेलको दाबी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।