हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने भएको छ ।
नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नरवणे हिजो नेपाल आउनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई आज सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । नेपाली सेना र भारतीय सेनाबीच एक अर्काका देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ ।
नरवणेले भोलि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुहुनेछ । भारतीय सेनाप्रमुख नरवणेले हिजो पशुपति दर्शन तथा वसन्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उहाँ नेपाल आउनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।