तिहारमा आवश्यक पर्ने भाइमसलाको भाउ सस्तो : किनमेल गर्नेको संख्या कम, स्टक सामान धेरै

 कात्तिक २०, २०७७ बिहीबार १३:१४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तिहारमा आवश्यक पर्ने भाइमसलाको भाउ सस्तो भएको छ ।

किनमेल गर्नेको संख्या कम र स्टक सामान धेरै भएकाले भाउ सस्तो भएको व्यापारीले बताएका छन् ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार तेल, चिनी र गेडागुडीको भाउ बढे पनि भाइमसलाको भाउ घटेको छ । तिहार सुरु हुन एक हप्ता मात्रै बाँकी छँदा पनि बजारमा चहलपहल छैन । माग नै कम भएकाले भाइमसलाको भाउ सस्तो भएको श्रेष्ठले बताउनुभयो ।

भाइमसलाको रुपमा प्रयोग हुने काजु, किसमिस, पेस्ता, छोकडा, देशी बदाम, ओखर, खुर्पानी, मिश्री, ल्वाङ, सुपारी, सुकमेल, अलैँची लगायतको भाउ पोहोरको तुलनामा घटेको छ । यी सामानमा किलोको २० देखि ५ सय रुपैयाँसम्म भाउ सस्तो भएको छ । खुद्रा व्यापार संघका अनुसार पोहोर ल्वाङको भाउ किलोको १८ सय रुपैयाँ रहेकोमा यसपालि १३ सय रुपैयाँ मात्रै छ ।

यस्तै पोहोर किलोको ५५ सय रुपैयाँ पर्ने सुकमेल अहिले ५ हजार रुपैयाँमा पाइन्छ । पोहोर किलोको १७ सय रुपैयाँसम्म रहेको काजुको भाउ यसपालि १४ सय रुपैयाँमा झरेको छ । कोरोनाको कारण स्वास्थ्यको जोखिम र आर्थिक गतिविधि कम हुँदा यसपालि चाडपर्वमा उत्साह घटेको छ ।

पोहोरपरारजस्तो चहलपहल नभएपछि बजारमा भाइमसलाको मागसँगै भाउ पनि कम भएको व्यापारीहरुको भनाइ छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया