हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटरसहित स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपालको तीन दिने औपचारिक भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो ।
सैनिक मुख्यालयमा भएको कार्यक्रममा उहाँले दुई वटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, उपकरण तथा अन्य स्वास्थ्य सामग्रीका साथै भेन्टिलेटर हस्तान्तरण गर्नुभएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका महारथी पूर्णचन्द्र थापाले पनि भारतीय सेनाका लागि नेपालमा नै बनेको एक लाख थान मेडिकल मास्क र बुद्धको प्रतिमा हस्तान्तरण गर्नुभयो ।
यसअघि भारतीय स्थल सेनाध्यक्ष नरवणेको सम्मानमा नेपाली सेनाको एक टुुकडीले सम्मान गारत अर्पण गरेको थियो । सेनाध्यक्ष नरवणेले बिहीबार नै जङ्गी अड्डा परिसरमा ओखरको बिरुवा रोप्नुभयो । त्यसलगत्तै प्रधानसेनापति पूर्णचन्द्र थापा र स्थल सेनाध्यक्ष नरवणेबीच औपचारिक भेटवार्ता भएको थियो । स्थल सेनाध्यक्षले बिहान सैनिक मञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुुभएको थियो ।
नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप उहाँ नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आउनुभएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई बिहीबार बेलुका सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने कार्यक्रम छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थल सेनाध्यक्ष नरवणे १८ औँ सेनापति हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।