ओली–प्रचण्डबीचकाे छलफल निष्कर्षविहीन

 कात्तिक २०, २०७७ बिहिबार १४:५७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफल निष्कर्षविहीन भएको छ ।

नेकपाभित्रको विवाद समाधानबारे बालुवाटारमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको हो । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै उहाँहरुबीच दिउँसो १२ बजेदेखि छलफल भएको थियो ।

राजदूत सिफारिस, मन्त्रिमण्डल हेरफेर, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता, ‘रअ’ प्रमुखसँगको भेटलगायत कारण नेकपाका दुई अध्यक्षबीच विवाद बढ्दै गइरहेको छ ।

सरकारले महत्त्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय पालना नगरेको प्रधानमन्त्री ओलीमाथि आरोप लाग्दै आएको छ । पार्टी काममा केन्द्रित हुनुपर्ने अध्यक्ष प्रचण्डले सरकारले गर्ने स–साना काममा पनि हस्तक्षेप गर्न खोजेको ओली पक्षका नेताहरुको आरोप छ ।  

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया