इंग्ल्यान्डका अलराउण्डर रवी बोपाराले चितवन राइनोजबाट एनपीएल ख...
कात्तिक ३०, २०८१ शुक्रबार
काठमाण्डाै कोरोना महामारीले देश आक्रान्त भइरेहको बेला न्यू नर्मल अथवा नव सामान्यीकरणका साथ अगाडि बढ्न प्रोत्साहनका लागि एनसेलले अभियान थालेको छ । कोरोना प्रतिकार्यमा विभिन्न कार्य गर्दै आएको एनसेलले बुधबार साँझ एक शर्ट फिल्म आफ्नो सामाजिक सञ्जालका पेजबाट सार्वजनिक गर्दै अभियान थालनी गरेको हो ।
‘अनपज’ थिम रहेको यो अभियान एनसेलले आफ्नो ब्राण्डकाे सार ‘आज, भोलि सधै सँगै’ अनुरुप सञ्चालन गरेको हो । यस छोटो फिल्ममा कोभिड प्रकोप पूर्वको सामान्य जनजीवन, लकडाउनको अवस्था, असर र अहिलेको विषम परिस्थितिको बेलामा नव–सामान्यीकरणका साथ कसरी अगाडि बढ्न सकिन्छ भनेर देखाइएको छ ।
यसै अभियानको पाटोको रुपमा नै एनसेलले दशैँ अगाडि मुभिङ अहेड वेबीनार सेरिज पनि सञ्चालन गरेको थियो । यी वेबीनारहरुमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई आमन्त्रित गरी लकडाउनले दिएका सिकाइ तथा अनुभव, नव–सामान्यीकरणतर्फको सङ्क्रमणको समय र कोरोनाको सङ्कटका बेलामा कसरी भविष्यको पुनर्कल्पना गर्दै अगाडि बढ्न सकिन्छ भनेर बहस भएको थियो ।
यो अभियान सँगसँगै एनसेलले पहिले लकडाउनकाे बेलामा जस्तै उपभोक्ताका लागि आफ्नो सेवा तथा सुविधाका अफरहरु ल्याउने सङ्केत गरेको छ । यसअघि नै एनसेलले ‘अघि बढौँ’ भन्ने थिममा नारीका लागि विषेश सिम योजना ‘गो सिम’ ल्याइसकेको छ । लकडाउनका बेलामा एनसेलले आफ्ना विभिन्न सेवाहरुका शुल्कमा राहत प्रदान गर्दै सजह र निर्बाध रुपमा सञ्चार सेवामा पहुँच र प्रयोगका लागि योगदान गरेको थियो ।
एनसेलका अनुसार कम्पनीले कोभिड प्रतिकार्य अन्तर्गत विभिन्न सामाजिक कार्यहरु, सेवामा छुट, रिचार्जमा १२० प्रतिशत बोनसलगायतका विभिन्न राहत अफरहरु समेत गरी कुल नाै अर्ब ६४ करोड भन्दा बढी रुपैयाँ बराबरकाे योगदान गरेको छ । एनसेलले अहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा कोरोना र जनस्वास्थ्यसम्बन्धी नियमहरुको पालनाका लागि जनचेतना फैलाउन काम गर्दै आइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।