‘नेपालमा समाजवादीहरुले शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ भनेर भोट माग्छन्, दुई तिहाइको सरकार भएपछि पेटमा लात हान्छन्’

 कात्तिक २०, २०७७ बिहीबार १८:६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आउनुभएका डाक्टर गोविन्द केसीले राजनीतिक दलका शीर्ष नेताहरुले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको आरोप लगाउनुभएको छ । 

काठमाण्डाैमा बिहीबार पत्रकार सम्मेलन गर्दै डा. केसीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राजनीतिक दलका नेताहरुले माफिया र बिचौलियासँग मिलेर व्यापार गरिहेको आरोप लगाउनुभएको हो । सबै स्वास्थ्य र शिक्षण संस्थाहरुमा आफ्ना कार्यकर्ताहरुकाे भर्ती केन्द्र बनाएर धरासायी बनाइरहेको आरोप उहाँले लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबै स्वास्थ्य र शिक्षण संस्थानहरुमा आफ्ना कार्यकर्ता भर्ती गर्ने, दोहोन गरेर खाने भाँडो बनाउने र त्यसपछि धरासायी बनाइदिने । शिक्षा र स्वास्थ्य सेवामूलक क्षेत्र हो । अहिलेका राजनीतिक दलहरुले शिक्षण र स्वास्थ्य संस्थालाई नाफामूलक क्षेत्रको रुपमा व्यापार गरिरहेका छन् । शीर्ष नेताहरु माफिया, बिचौलिया र दलालहरुसँग मिलेर व्यापार गरिरहेका छन् ।’

डा. केसीले पुँजीवादी भनिने देशहरु समेत शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापारीकरण नगरि गुणस्तर कायम गर्न सफल रहेको उल्लेख गर्दै नेपालमा भने नागरिकलाई दुःख दिने काम मात्रै भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा समाजवादीहरुले नागरिकलाई शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ भनेर भोट माग्न जान्छन् । दुई तिहाइको सरकार भएपछि पेटमा लात हान्छन् ।’

उहाँले आफूसँग भएका सम्झौताहरु कार्यान्वयनमा सरकार उदासिन देखिएको भन्दै निरन्तर खबरदारीको आवश्यकता रहेको बताउनुभयो । डा. केसीले १९ औँ अनशनका समयमा आफूसँग भएका सम्झौताहरु कार्यान्वयनको कुन चरणमा पुगे भनेर प्रश्न पनि गर्नुभयो ।  

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया