देशभर चिसो बढ्दै : काठमाण्डौको आज बिहानको तापक्रम जाडो सुरु भएयताकै कम

 कात्तिक २१, २०७७ शुक्रबार ८:५५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ -  देशभर चिसो बढ्न थालेको छ । 

काठमाण्डौमा आज यो वर्ष जाडो सुरु भएपछि अहिलेसम्मकै कम तापक्रम मापन गरिएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसमविद् मिनकुमार अर्यालका अनुसार अब देशभर चिसो बढ्दै जानेछ । बिहानपख हुस्सु लाग्ने क्रम पनि बढ्दै जाने उहाँले बताउनुभयो । काठमाण्डौमा हिजो बिहान बादल लागेकोमा आज भने केही खुलेको छ । बादल लाग्दा अधिकतम तापक्रम घटे पनि न्यूनतम तापक्रम बढ्ने भएकाले तुलनात्मक रुपमा केही न्यानो हुन्छ । तर बादल नलाग्दा न्यूनतम तापक्रम घट्छ, जसले गर्दा चिसो बढी महशुस हुन्छ ।

अहिले न्यूनतम तापक्रम घटेर चिसो भएको मौसमविद् अर्यालले बताउनुभयो । पानी पर्यो भने जाडो अझै बढ्नेछ । तर तत्काल पानी पार्ने कुनै प्रणाली नभएकाले देशको पहाडी भेगमा हल्का बाहेक पानी पर्ने सम्भावना छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिजो अस्तिको तुलनामा घाम कम तथा बादल बढी लाग्ने सम्भावना छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया