भाइटीकापछि खुलामञ्चलगायत सार्वजनिक ठाउँमा निःशुल्क खाना खुवाउन नपाइने, वैकल्पिक ठाउँकाे व्यवस्था गर्नुपर्ने

 कात्तिक २१, २०७७ शुक्रबार १३:५४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – काठमाण्डौको खुलामञ्चलगायत सार्वजनिक ठाउँमा अब निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । तिहारको भाइटीकाको भोलिपल्टदेखि खुलामञ्चलगायत सार्वजनिक ठाउँमा निःशुल्क खाना खुवाउन नपाइने भएको हो । 

काठमाण्डौ महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच सार्वजनिक ठाउँमा भिडभाड हुने गरी कुनै पनि कार्य नगर्ने सहमतिअनुसार निःशुल्क खाना अभियान पनि बन्द हुन लागेको हो ।

तर सार्वजनिक ठाउँमा खाना खुवाउन नपाए पनि बन्द कोठा वा वैकल्पिक ठाउँको पहिचान गरी निःशुल्क खाना खुवाउने अभियान चलाउन पाउने सहमति भएको छ । यसका लागि महानगरपालिकाले सहयोग र समन्वय गर्ने छ । 

सहमतिअनुसार अब खाना खुवाउने संस्थाले भाइटीकाको दिनसम्ममा खाना खुवाउन वैकल्पिक ठाउँको खोजी गरिसक्नुपर्ने छ । सार्वजनिक ठाउँमा भिडभाड हुँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम झनै बढेको भन्दै वैकल्पिक व्यवस्था गर्न लागिएको हो ।  

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया