हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डौ - तिहार नजिकिँदै गर्दा बजार भाउ आकासिएको छ । बजारमा चिनी, तेल, गेडागुडीको भाउ बढेको उपभोक्ताले गुनासो गरेका छन् ।
पछिल्लो २० दिनमा किलोमा २० रुपैयाँसम्म मूल्य बढेको छ । ठूला चाडपर्व दशैँ, तिहार, छठमा हुँदै आएको बजार अनुगमन कर्मकाण्डी मात्रै भएको उपभोक्ताको गुनासो छ ।
नियमित रुपमा बजार अनुगमन नहुँदा बजार भाउ अचाक्ली बढेको र व्यापारीले खान नमिल्ने खाद्यवस्तु समेत बेच्ने गरेकाले आफूहरु मारमा परेको काठमाण्डौको कागेश्वरी मनोहराकी मन्जुु खड्काले गुनासो गर्नुभयो ।
वर्षमा एक/दुई पटक हुने बजार अनुगमनमा दोषी देखिएकाहरू समेत सामान्य जरिवानामा छुट्ने गर्दा पनि कालोबजारी नरोकिएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । वर्षभरि बजार अनुगमन र हस्तक्षेप गर्नेबारेमा कसैलाई चासो नभएको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताउनुभयो । पटक-पटक संयुक्त बजार अनुगमन गर्न आग्रह गरे पनि सम्बन्धित निकाय र प्रशासनले चासो नदिएको उहाँको दाबी छ ।
चार महिनामा संयुक्त बजार अनुगमन भने एक पटक मात्रै भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीका अनुसार बजार अनुगमन भैरहेको छ । अरु बेलाभन्दा चाडपर्वमा कारोबार पनि धेरै हुने र उपभोक्ता ठगिने सम्भावना पनि बढी हुने भएकाले त्यसैअनुसार अनुगमन हुँदै आएको उहाँको दाबी छ । तर चालु आर्थिक वर्षमा एकपटक मात्रै संयुक्त बजार अनुगमन भएको उहाँले स्वीकार गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, औषधि व्यवस्था कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, घरेलु तथा साना उद्योगलगायतका कार्यालयले आफ्नो अधिकारभित्र रहेको कुराहरूमा अनुगमन गरिरहेको तर संयुक्त रुपमा बजारमा अनुगमन गर्न नसकिएको महानिर्देशक सुवेदी बताउनुहुन्छ ।
विषयगत कार्यालयको अनुगमनले निरन्तरता पाए पनि आम-उपभोक्तालाई राहत पुग्नेगरी संयुक्त बजार अनुगमन नभएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीले बताउनुभयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।