कोरोनासम्बन्धी जनसचेतना अभिवृद्धि गर्न एनसेलले स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै

 कात्तिक २३, २०७७ आइतबार १२:१८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनसेल आजियाटा लिमिटेडले कोरोना भाइरसको संक्रमणसम्बन्धी जनसचेतना फैलाउने कार्यमा केन्द्रीत हुँदै विभिन्न अभियान संचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको छ । 

कोरोना भाइरससम्बन्धी जनसचेतना अभिवृद्धिको अभियानमा व्यक्ति व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र बेलाबेलामा साबुनपानीले मिचिमिची कम्तीमा २० सेकेण्डसम्म हात धुने सन्देशलाई व्यापक रुपमा फैलाइएको छ ।

अभियान अन्तर्गत एनसेलले मास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्ने लगायतका विभिन्न जान्नै पर्ने जानकारीहरु समावेश गरी कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन जनचेतना जगाउने कार्य गरिरहेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भन्नुभयाे ,'यस विषम् परिस्थितिमा, स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै  अहिले तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमण रोक्न, पत्ता लगाउन र यसको प्रतिकार्यमा लाग्नका लागि जनचेतना फैलाउन हामी प्रतिबद्ध छौँ ।'

निजी क्षेत्रको एक जिम्मेवार व्यवसायिक नागरिकका रुपमा एनसेलले जनमानस माझ कोरोनाका बारेमा जनचेतना जगाउन र यस महामारी र यसको प्रतिकार्य तयारीका निमित्त सचेत गराउँदै आफ्नो तर्फबाट अभिन्न भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनु भयाे । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड विरुद्धको यस सहकार्यका बारेमा धारणा राख्दै भन्नुभयाे ,'पुरै विश्वनै यस स्वास्थ्य संकटको विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा, जनस्वास्थ्य सम्बन्धी जनसचेतनामुलक कार्यहरुले प्रमुख भूमिका राख्छ । काेराेना नियन्त्रण तथा रोकथामको लागि एनसेलले जनस्वास्थ्य सम्बन्धी जनचेतना फैलाउन पुर्याएको सहयोगको हामी सराहना गर्दछौं । यस अवस्थामा कोरोना प्रतिकार्यका लागि नयाँ समाधान र विशेषज्ञताका साथ डटेर लड्न यस किसिमको सहकार्य अपरिहार्य छ ।'

एनसेलले जनस्वास्थ्य सम्बन्धी जनसचेतना अभिवृद्धिमा सहयोग गर्ने प्रतिबद्धताका साथ स्वास्थ्य मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । साथै एनसेलले जनसचेतना जगाउने कार्यका लागि युनिसेफ नेपालसँग पनि समझदारी पत्रमा हस्ताक्षर गरेको छ । 

कोरोना भाइरससम्बन्धी जनसचेतना अभिवृद्धि अभियानमा एनसेलले बहिरा कलाकार सुजल बमको साथ लिई महत्वपूर्ण तीन सन्देशलाई अझै फराकिलो रुपमा समाजमा रहेका सबै वर्गमाझ यीे सन्देशहरु पुर्याउने काम गरिरहेको छ । 

कोरोनाभाइरस विरुद्धको पहल अन्तर्गत नै एनसेलले सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारार्थ  १० करोड रुपैयाँ योगदान गरेको थियो ।

यसका साथै कम्पनीले कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रलाई कन्ट्याक्ट ट्रेसिङमा सहयोग पुर्याउँदै आएको छ र साथै वैशाख २०७७ देखि नै यूएसएसडी सर्वेक्षणबाट कोरोना संक्रमित पत्ता लगाउन पनि मद्दत पुर्याउँदै आएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया