दराजकाे अनलाइन सेल कात्तिक २६ गते, यी हुन् अफर

 कात्तिक २३, २०७७ आइतबार १८:१३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशको अग्रणी अनलाइन बजार, दराजले 'लाइभ अनाउन्समेन्ट' कार्यक्रममार्फत  दराज ११ ११ को तेस्रो संस्करण नोभेम्बर ११, कार्तिक २६ सफल बनाउन पूरै तयार रहेको जनाएको छ ।

यस वर्षको ११ ११ सेलमा ग्राहकहरुले विशेष छुट पाउनुका साथै आठ लाख बराबरको टीभीएस अपाचे आरआर ३१० जित्ने मौका पनि पाउने दराजले जनाएको छ । ग्राहकहरुले नबिल बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बङ्गलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानीमा २० प्रतिशत अधिकतम तीन हजार रुपैयाँसम्मको छुट पाउन सक्ने दराजले जनाएको छ । त्यस्तै गरी, ग्राहकहरूले दराज मा ईसेवा, वालेटमार्फत भुक्तानी गर्दा समेत छुट पाउने छन् ।  

११ ११ मा ग्राहकहरुले विशेष लन्चका रुपमा सामसुङ ग्यालेक्सी एसट्वेन्टी एफई विश्वको सर्वश्रेष्ठ मूल्य ६९,९९९ रुपैयाँमा पाउने छन् । त्यस्तै गरी एलजी, एमआई, फिटबिट, सोनी, भ्यास, वल्पुल, टाइटन, कोलम्बिया, मिचा, गोल्डस्टार, जुआस, होम ग्लोरी, आमाइरा, फेसन हाउस, न्यु ब्यालेन्स, टिभियस जस्ता ब्राण्डहरूमा पनि ६० प्रतिशतसम्म छुट पाउने छन् । साथै प्रिमियम प्रायोजक कोकाकोलाले पनि ११ ११ को अवसरमा विशेष अफरहरू घोषणा गर्ने दराजले जनाएको छ ।

दराजले ग्राहकहरुलाई ११ ११ मा लाइभ भिडियोहरू, फ्ल्यास सेल, बन्डल अफर, नि:शुल्क वितरण, सोसल मिडियामा प्रतियोगिता, अनलाइन लुडो प्रतियाेगिता, अर्ली बर्ड अफर, एनसेल मोबाइल रिचार्ज छुट र वन रुपी गेम र मिसन ११ ११ जस्ता गेममार्फत पुरस्कार जित्ने धेरै अवसरहरू पनि प्रदान गर्ने जनाएको छ ।  

२०१८ मा अलीबाबाले दराजलाई अलीबाबा ग्रुपअन्तर्गत समावेश गरेको थियो, त्यसपछि दराजले नेपालमा ११ ११ आयोजना गरेको हो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

1 Comments

  • Kunnu

    Nov. 9, 2020, 6:20 a.m.

    धेरै राम्रो गर्दै छ दराज ले, धेरै खुसी लाग्यो , यस्तो अफर हरु भारत मा धेरै जसो आइ रहन्छन् तर नेपाल मा बिरलै सुन्न पाइन्छ । अब नेपालमा पनि यस्तो अफर आएको देखेर साह्रै खुशी लाग्यो । यस्तो मा उपभोक्ताले सस्तो मूल्यमा सामानहरू खरिद गरी अवसर को फाइदा उठाई अफर दाता हरुलाई प्रोत्साहित पनि गर्नु पर्दछ । धन्यवाद !!

  •  0 Reply

तपाईको प्रतिक्रिया