नेप्से झण्डै साढे ४ अङ्कले बढ्यो, ३ अर्ब ६९ करोड रुपैयाँको कारोबार

 कात्तिक २४, २०७७ सोमबार १६:३०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से साेमबार ४ अङ्क भन्दा धेरैले बढेको छ ।

सोमबार नेप्से ४ दशमलव २२ अङ्कले बढेर १६ सय ५२ दशमलव ८१ विन्दुमा पुगेको छ । बैंक, होटल, जलविद्युत्, जीवन बीमा, म्युचल फण्डलगायतका समूहको शेयर घटे पनि व्यापार फाइनान्स, माइक्रो फाइनान्स, निर्जीबन बीमालगायत अन्य समूहको शेयर बढ्दा समग्र बजार बढेको हो ।

निर्जीवन बीमा समूहको शेयर ६५ अङ्कले र व्यापार समूहको शेयर ५८ अङ्कले बढेको छ । सोमबार एक सय ९५ कम्पनीका एक करोड ३५ लाख कित्ता शेयर तीन अर्ब ६९ करोड ९८ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ५५ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार कर्पोरेट विकास बैंकका शेयर धनीले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । समग्र बजार बढे पनि पाँचथर पावर कम्पनी र घलेम्दी हाइड्रो कम्पनीका शेयर धनीले ४ प्रतिशत भन्दा धेरैका दरले गुमाएका छन् । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया