बंगलादेशसँग ५० हजार मेट्रिक टन मल किन्ने  सरकारको निर्णय

 कात्तिक २५, २०७७ मंगलबार ७:१३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बंगलादेशले मल पैँचो नदिने भएपछि सरकारले मल खरिद नै गर्ने भएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले बंगलादेशसँग ५० हजार मेट्रिक टन मल खरिद गरेर ल्याउने निर्णय गरेको हो  । यसअघि सरकारले बंगलादेशबाट पैँचोमा मल ल्याउने तयारी गरेको थियो । तर, बंगलादेशले पैँचोमा मल दिन आनाकानी गरेपछि खरिद गर्न निर्णय भएको हो ।

सरकारले अब बंगलादेशसँग जीटुजी मोडलमा मल खरिद गरेर ल्याउन तयारी गरेको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्ले निर्णय गरेपछि कृषि सामग्री कम्पनी लिमिटेडले बंगलादेशसँग मूल्यका विषयमा छलफल गरी आयातको सम्झौता गर्ने छ । सकेसम्म सस्तोमा मल खरिद गर्ने नेपालको तयारी छ ।

ठेकेदारको लापरबाहीका कारण नेपालमा हरेक वर्ष रसायनिक मल अभाव हुने गरेको छ । यसैबीच, सोमबारको मन्त्रिपरिषद्ले नेपालमै मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया