काठमाण्डौको न्यूनतम तापक्रम आज ९ डिग्री सेल्सियस

 कात्तिक २५, २०७७ मंगलबार ७:३३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको न्यूनतम तापक्रम आज ९ डिग्री सेल्सियस मापन गरिएको छ ।

यो हिजोको भन्दा १ डिग्री सेल्सियसले बढी हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको थियो । बिहान बेलुका चिसो बढे पनि दिउँसोकाे समयमा आज घाम लाग्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । काठमाण्डौको अधिकतम तापक्रम आज २२ देखि २४ डिग्रीसम्म पुग्ने अनुमान छ ।

मौसमविद् प्रधानाङ्गका अनुसार आज देशका धेरै ठाउँको मौसम सफा नै रहनेछ । दिउँसो पारिलो घाम लाग्ने छ । पश्चिम पहाडी क्षेत्रका एक/दुई ठाउँमा भने आंशिक रुपमा मौसम बद्ली हुने पूर्वानुमान गरिएको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । अन्य क्षेत्रको मौसम भने अबको एक/दुई दिन सफा नै रहने देखिएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया