हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
ललितपुर - ललितपुरको लेलेमा रहेको मनकामनामाई मन्दिरको निर्माणको काम भइरहेको छ।
२०६२ सालमा जनश्रमदानबाट निर्माण सुरु भएको मन्दिर क्षेत्रमा अहिले पनि वरिपरिको पर्खालमाथि ढलान, तारजाली, बस्ने कुर्ची, धारा जडान र मर्मत सुधारको कार्य भइरहेको हो । गोरखाको मनकामनामाईको वैकल्पिक रुपमा स्थापना गरिएको मन्दिर १५ वर्षअघि तीन लाख जनश्रमदान र दुई लाख रुपैयाँ बराबरको जिन्सी सामान उठाएर सुरु गरिएको थियो ।
२०६४ साल वैशाख २२ गते मन्दिर उद्घाटन गरेको मनकामना फूल्चोकीमाई मन्दिर संरक्षण तथा सुधार समितिका अध्यक्ष राजेन्द्र सिलवालले बताउनुभयो । मन्दिर निर्माण सुरु गरेपछि पूर्णता दिन पैसा नभएर समस्या हुँदै आएको उहाँको भनाइ छ । मन्दिरमा पुग्न सिँढी निर्माणका लागि गोदावरी नगरपालिकाले गएकाे वर्ष १० लाख र यसवर्ष पनि पोखरी निर्माणका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ ।
नगरपालिकाले सहयोग गरेको रकम र व्यक्तिले दिएको रकम गरेर अहिलेसम्म एक करोड बढी खर्च भइसकेको मन्दिरका संस्थापक अध्यक्ष ठूलाबहादुर तामाङले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।