प्रधानमन्त्रीबाट महागुरु फाल्गुनन्दप्रति सम्मान

 कात्तिक २५, २०७७ मंगलबार ११:२६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

 काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३६ औँ जन्मजयन्तीका अवसरमा सम्मान व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत महागुरुप्रति उच्च सम्मान व्यक्त गर्नुभएको हो । उहाँको सन्देशमा भनिएको छ, 'राष्ट्रिय विभूति, समाज सुधारक महागुरु फाल्गुनन्दको १३६ औँ जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा उहाँको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सद्भाव वृद्धि होस् भन्ने कामना गर्दछु ।'

अन्तिम अपडेट: कात्तिक २६, २०७७

तपाईको प्रतिक्रिया