हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
दैलेख – नेपाल टेलिकमले दैलेखको सदरमुकाम नारायण नगरपालिकामा पुरानो तामाको तारबाट सञ्चालित सम्पूर्ण टेलिफोनको नेटवर्कलाई अप्टिकल फाइबरले विस्थापित गरेको छ ।
कात्तिक १५ गते स्तरोन्नति सम्पन्न भएपछि नगरपालिकाका सबै नेटवर्कलाई फाइबर टु द होम ‘एफटीटीएच’ मार्फत सञ्चालन गरिएको हो । पुरानो नेटवर्कलाई सम्पूर्ण रुपमा नयाँ अप्टिकल फाइबर नेटवर्कबाट विस्थापित गरिएको नारायण नगरपालिका कर्णाली प्रदेशको पहिलो नगरपालिका भएको छ ।
अहिले नारायण नगरपालिका क्षेत्रमा जम्मा एक हजार २४ लाइन एफटीटीएच नेटवर्क क्षमता छ । पुरानो तामाको तार अर्थात् कपरबाट सञ्चालित झण्डै चार सय १५ लाइन एफटीटीएचमा रुपान्तरण गरिएका छन् भने नयाँ एक सय ६ लाइनसमेत वितरण गरिएको छ ।
यसै वर्ष दैलेखको दुल्लुमा पनि एफटीटीएच सेवा विस्तार गर्ने कार्यक्रम रहेको टेलिकमले जनाएको छ । नेपाल टेलिकमले विभिन्न सहरी र घना बसोबास भएका क्षेत्रमा एफटीटीएच सेवाको विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरणमा पनि जोड दिइरहेको छ ।
एफटीटीएच सेवाको माध्यमबाट इन्टरनेट तथा आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवासमेत प्रयोग गर्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।