शेयर बजार २६ अङ्कले बढ्यो, ४ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

 कात्तिक २५, २०७७ मंगलबार १५:५९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से मङ्गलबार झण्डै २६ अङ्कले बढेको छ ।

जलविद्युत र म्युचल फण्डबाहेक सबै समूहको शेयर उकालो लागेपछि नेप्से २५ दशमलव ९८ अङ्कले बढेर १६ सय ७८ दशमलव ७९ विन्दुमा पुगेको हो । मङ्गलबार जीवन बीमा समूहको शेयर ४ सय ७६ अङ्कले बढेको छ । यस्तै निर्जीवन बीमा समूहको १ सय ६० अङ्कले, व्यापार समूहको शेयर १ सय ९ अङ्कले, होटलको ८७ अङ्कले, अन्य समूहको ४८ अङ्कले, उत्पादनको ४० अङ्कले र बैंक समूहको शेयर ७ अङ्कले बढेको छ ।

मङ्गलबार १ सय ९६ कम्पनीका ९६ लाख ५७ हजार कित्ता शेयर ४ अर्ब ९ करोड ६१ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २८ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । साल्ट ट्रेडिङ र कर्पोरेट विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् ।

समग्र बजार बढे पनि विशाल बजार कम्पनीका लगानीकर्ताले साढे ४ प्रतिशतभन्दा धेरै गुमाएका छन् । 

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया