थपिए २ हजार ७३६ काेराेना सङ्क्रमित, अहिलेसम्म १ लाख ६० हजारभन्दा धेरै डिस्चार्ज

 कात्तिक २५, २०७७ मंगलबार १६:३८:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ९९ हजार सात सय ६० पुगेकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार दुई हजार ७ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।

पछिल्लाे २४ घण्टामा १२ हजार नाै सय ६० जनाकाे नमुना परीक्षण भएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा आठ सय ५३ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या एक लाख ६० हजार पाँच सय ७७ पुगेको छ ।  

अब नेपालमा ३८ हजार ३५ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै एक हजार ५८ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा २२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय ४८ पुगेको छ ।  

त्यस्तै मङ्गलबार काठमाण्डौमा एक हजार एक सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा एक सय ९३ जनामा सङ्क्रमण देखिएकाे छ । 

अन्तिम अपडेट: कात्तिक २७, २०७७

तपाईको प्रतिक्रिया