दक्षिणकालीमा सेलरोटी बनाउने प्रतिस्पर्धा, माया दिदीको खाजाघर पहिलो

 कात्तिक २५, २०७७ मंगलबार १७:५९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  मन्दिरको परिचय बोकेको दक्षिणकालीमा सेलरोटीको मौलिकता र बजारीकरण गर्ने उद्देश्यले व्यवसायीहरुबीच सेलरोटी पकाउने र पस्कने कलाको प्रतिस्पर्धा सम्पन्न भएको छ ।

तिहार नजिकिँदै गर्दा तिहारमा पकाइने मुख्य परिकारमध्येको एक सेलरोटी र दक्षिणकाली मन्दिरको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मन्दिर क्षेत्रमा रहेका झण्डै पाँच दर्जन व्यवसायीहरु प्रतियोगितामा सहभागी थिए ।                        

ललितपुरको सातदोबाटोमा रहेको आईएचएम कलेज र आईएम विथ सेफको संयोजन तथा दक्षिणकाली नगरपालिका र पर्यटन बोर्डको संयुक्त सहकार्यमा नेपाली सेफ र कलरीनरी जगतका एक दर्जनभन्दा बढी सङ्घ–संस्थाको आयोजनामा सेलरोटीको स्वाद Taste of Nepalese Food- The Next Destination ( Series) अन्तर्गतको पहिलो कार्यक्रम सम्पन्न भएको हो । 

प्रतियोगितामा माया दिदीको खाजाघरकी सञ्चालक माया ब्लोन प्रथम, जयकाली खानाका सञ्चालक शारदा तामाङ दोस्रो र बालकृष्ण श्रेष्ठले तृतीय स्थान हासिल गर्न सफल भएका छन् । उनीहरुलाई दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले क्रमशः नगद १०, सात र पाँच हजार रुपैयाँ तथा प्रशंसापत्रले सम्मानित गर्नुभयो ।

होटल एसोसिएशन अफ नेपाल (हान) का उपाध्यक्ष विनायक शाहले कोभिड–१९ का कारण पर्यटन वर्ष नै स्थगित गर्नुपरेको अवस्थामा यस किसिमका कार्यक्रमले व्यवसायीमा हौसला बढ्ने र गुणस्तर बढ्दै जाँदा त्यसको खपत पनि बढ्ने बताउनुभयाे ।

विश्वमा हरेक देशले आफ्नो राष्ट्रिय ध्वजावाहकमा आफ्नै मौलिक खाना, मेन्युमा समावेश गर्ने गरेको स्मरण गर्दै नेपाल एअरलाइन्सले सेलरोटी जस्तो मौलिक र नेपालको चिनारी बोकेको खानालाई समेट्न सके बजारीकरण बढ्ने बताउनुभयो । 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया